arrow

बाँके कांग्रेस पदाधिकारीमा मिश्रित परिणाम, संस्थापन र इतरबीच मत बाँडियो

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन २१ शनिबार
275145513_385103060109453_2934934354413017815_n.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको उपसभापतिमा गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार अधिकारी ८५७ र कार्की ६८९ मतका साथ निर्वाचित भएका हुन् ।

अधिकारी सभापतिमा निर्वाचित नारायणप्रसाद गौडेल प्यानलका हुन् भने कार्की संस्थापनका हुन् । निकटतम प्रतिद्वन्द्वी सुदिपनरसिंह राणा र राजकुमार मौर्यले क्रमशः ५६५ र ५६४ मत पाए ।

यस्तै सचिवमा सुधान्शु कोइराला र सञ्जु कुमारी चौधरी विजयी भएका छन् । कोइरालाले ७८९ र चौधरीले ७८५ मत पाएका छन् । कोइराला गौडेल र चौधरी संस्थापनकी हुन् । सचिवमा पराजित टंक प्रसाद काफ्ले (आशिष) ले ५४९ र रविन्द्रबहादुर हमालले ४९२ मत ल्याएका छन् ।

सहसचिवमा रेनु सिंह ठाकुर र विनोद कुमार थारु निर्वाचित भएका छन् । ठाकुरले ७३४ र थारुले ६७५ मत ल्याए । ठाकुर गौडेल र थारु संस्थापनका हुन् । निकटतम् प्रतिद्वँन्द्वी पूर्णकुमार सिंह ठकुरी (पुरन) ले ६४३ र विश्वराज लम्सालले ५१७ मत पाए ।

सभापतिमा नारायणप्रसाद गौडेल ७६० मतका साथ निर्वाचित भएका थिए । उनले संस्थापनका बादशाह कुर्मीलाई हराएका हुन् । कुर्मीले ६६३ मत पाए । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् विहिबार भएको निर्वाचनमा १४४५ मत खसेको थियो ।

सभापतिमा भने पहिलो चरणमा परिणाम नआएपछि शुक्रबार फेरि चुनाव भएको थियो । पहिलो चरणमा गौडेल, कुर्मी र सुरेन्द्र हमाल प्रतिष्पर्धामा थिए । कम मत ल्याएका हमाल दोस्रो चरणको प्रतिष्पर्धाबाट बाहिरिएका थिए । शुक्रबार भएको चुनावमा १४३९ मत खसेको थियो । बाँकेमा १४९३ मतदाता थिए ।

तीन वटै क्षेत्रका महासमिति सदस्यको अन्तिम मतपरिणाम पनि गएराति नै आइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ