arrow

जवर्जस्ती बेश्यावृत्तिमा लगाउने तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
Puja.jpg

पोखरा । महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.७ मुस्ताङचोक स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १७ रातोपहिरा बस्ने वर्ष ३० का नारायण पोखरेल रहेका छन् ।

यसैगरी सोही आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा वडा नं. ६ ठूलीधारा घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ६ जरेबर बस्ने वर्ष २२ की पूजा थापा मगर र बाँके चिसापानी वडा नं ९ घर भइ हाल पोखरा-६ जरेबर बस्ने वर्ष २२ का विशाल योगी रहेका छन् ।

उनीहरुले पोखरा-६ लेकसाइडमा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नुका साथै फोन सम्पर्कको आधारमा विभिन्न होटलमासमेत महिलाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले दिएको जानकारी अनुसार उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ