arrow

चितवन काँग्रेसको सभापतिमा संस्थापन इतरका राजेश्वर खनाल सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
rajeshow-khanel.jpg

चितवन। नेपाली काँग्रेस चितवनको सभापतिमा संस्थापन इतर डा.शेखर कोइराला पक्षका राजेश्वर खनाल सर्वसम्मत चयन भएका छन्। १४औँ जिल्ला अधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान हुनुअघि नै खनाल सर्वसम्मत सभापति चयन भएका हुन् ।

दोस्रो चरणको मतदानमा खनाललाई सभापतिका अर्का उम्मेदवार उत्तम जोशी र सूर्यकान्त घिमिरेले समर्थन गर्ने निर्णय गरेका थिए। त्यसपछि बाँकी उम्मेदवार मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाले पनि सभापतिमा खनाललाई नै समर्थन गरेको जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी थियो । पहिलो चरणको मतदानमा राजेश्वर खनालले ७४६, मिलनबाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए।

मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष अर्थात् काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बाँकी चार उम्मेदवार संस्थापन इतरका हुन्।

सभापतिमा खनाल सर्वसम्मत भएपछि बाँकी पदाधिकारी र सदस्यहरूको मतगणना केही बेरमा सुरु हुने निर्वाचन समिति संयोजक अधिकारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ