arrow

कांग्रेस चितवनको सभापतिमा खनाल, दोस्रो चरणको मतदानमा जानै परेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
rajeshwor-khanal-chitwan-congress-president.jpg

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने संस्थापनका मिलनबाबु श्रेष्ठले डा.शेखर कोइराला पक्षका खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन् । 

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी विजयी भएका हुन् । 

पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्राडा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए भने १०१ मत बदर भएको थियो । 

दोस्रो चरणको मतदान हुनुअघि जोशी र घिमिरेले शुरुआतदेखि नै खनाललाई समर्थन गरे भने कोइरालाले पनि खनाललाई नै समर्थन गर्ने लगभग तय भएको थियो । योसँगै हार नजिक पुगिसकेका श्रेष्ठले पनि खनाललाई समर्थन गरेसँगै माहोल निकै सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको हो । 

अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ