arrow

सप्तरी कांग्रेसमा मतदान, महिलाहरुका छुट्टै गुनासा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
3235353563535353535.jpg

सप्तरी । नेपाली कांग्रेस सप्तरीको नेतृत्व चयनका लागि मतदान भएको छ । महाधिवेशनमा मतदान गर्न जिल्लाका विभिन्न गाउँपालिका नगरपालिकाबाट मतदाताहरू आउँदै थिए । कतिले त मत खसालिसकेका थिए । कति मत खाल्न लाइनमा बसेका थिए । कति त मत खसाल्न लाइन लाग्ने तरखरमा थिए ।

नजिक गाउँबाट आएका महिलाहरू भीड कम भएपछि मत खसाल्ने सोचले मतदान स्थल नजिक थकाई मार्दै चुनावको विषयमा गफ गर्दै थिए । रूपनी गाउँपालिकाबाट आएकी ४५ वर्षिया संगिता देवी यादवले भन्दै थिईन्,‘अहिले हामीसँग मत माग्न उम्मेदवार मात्र नभएर एक एक कार्यकर्ता हाम्रो पक्षलाई मत दिनु भन्दै दुई हात जोडेर आउँदैछन्। चुनाव सकेपछि कसैले चिन्दैनन्। हामी महिलालाई मत हाल्न जति भनेप नि हामीले हाल्नु हुँदैन ।’

जसले समस्या परेको बेला सहयोग गरेको छ, गर्छ उसैलाई मत दिनुपर्ने अनिताको भनाइ थियो । सोही ठाउँबाट आएकी ६० वर्षिया भालसैर रामले अनितालाई समर्थन गर्दै भनिन्, ‘बिरामी परेको बेला जसले अस्पताल पुर्याएको छ। आपद् विपद् परेको बेला उभिएको छ। उसलाई बाहेक यताउता मत गर्ने छैन ।’

‘कति उम्मेदवार  उम्मेदवारी दिन र चुनाव लड्न मात्र जिल्ला आउँछन् भोट त लिइसकेपछि कहिलेकाहीँ आफ्नो कामले आउँछन् त्यस्तालाई भोट हाल्न हुँदैन र माग्न आए जवाफ दिनु पर्छ’, भालसैरले भनिन् ।

अब गाउँका नपढेलेखेका महिलाहरू पनि चुनावको विषयमा सचेत भइसकेका छन् । उनीहरूले पनि उम्मेदवार पहिचान गर्न थालेका छन् । सप्तरी कांग्रेस सभापतिका उम्मेदवार रामदेव साह र शत्रुधन यादव बिच प्रतिस्पर्धा हुँदैछ ।

संस्थापन पक्षबाट यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, राम प्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सह सचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी परेको छ ।

यस्तै कोइराला पक्षबाट साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकोले एकदिनपछि निर्वाचन सारेको हो ।

५० प्रतिशत मतदान दिउँसो ४ बजेसम्म सकिसकको छ। राति अबेरसम्म मतदान चल्ने छ। मतगणना भोलि हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन् । (कारखानाबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ