arrow

सप्तरी कांग्रेसको चुनाव स्थगित, मतपत्र च्यातियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
electionsssfsfsfsff.jpg

सप्तरी । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान रोकिएको छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान शुरु भएको थियो ।

सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद शुरु भएको थियो ।  मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए ।

नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भइ मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो । प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए । विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । 

चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको जनाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ