- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अछाम । नेपाली कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान भइरहेको छ । सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतको ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि मतदान दोस्रो चरणमा गएको हो ।
दोस्रो चरणको मतदान बिहान १० बजेबाट शुरु भएको छ । दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।