arrow

बारा कांग्रेसमा पुनः मतदानको व्यवस्था गरिँदै, शनिबारका मत नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेस बाराको नयाँ निर्वाचनका लागि छलफल हुँदैछ । सहमति भएपछि मात्र पुनः मतदानको व्यवस्था गरिने बारा कांग्रेसले जनाएको छ । 

यसअघि शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न भएको मतदानमा फर्जी मत खसालेको पाइएपछि मतदान नै रद्द भएको थियो । कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।

शनिबार खसेका मत सबै नष्ट गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ