arrow

चार घण्टापछि दमौली बजारमा लागेको आगो नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
Damauli aaglagii.jpg

पोखरा । तनहुँको दमौली बजारमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।

काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकप्टर, पोखराबाट गएकोसहित आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो । 

आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

आगो फैलिएपछि नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ आफै हेलिकप्टर लिएर दमौली आएका थिए ।

बिहान साढे १० बजेदेखि दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो ।

आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ