arrow

विवादका कारण कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
sarlahi-.JPG

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन विवादका कारण स्थगित भएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसक्ने भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेको छ । 

अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नागेश्वर प्रसाद सिंहले बताए । 

सर्लाहीको सभापतिमा संस्थापन शेरबहादुर देउवाको खेमाबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात् शेखर कोइराला खेमाबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा छन् ।

सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतदान शुरु हुने कार्यक्रम तय भएको थियो । मतदान गर्नका लागि मतदाताहरू ९ बजेदेखि नै लामबद्ध भएर बसेका थिए । तर अन्तिम समयमा आएर मतदान नहुने भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ