arrow

कांग्रेस सप्तरीको निर्वाचन मङ्गलवार हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
nepali-congress-flag-tree00.jpg

राजविराज ।  नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलवार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचन स्थल परिवर्तन गर्दै मङ्गलवार गरिने निर्णय भएको छ ।  

शनिवार विवादबीच स्थगित भएको उक्त निर्वाचन मङ्गलवार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचन स्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिवार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।
    
पटक–पटक समय परिवर्तन गर्दै शनिवारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएकामा १० बजेदेखि मात्र सुरु भएको थियो । रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा व्यवस्थापनबारे विवाद उत्पन्न भएको थियो । 

नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ