arrow

सर्लाही कांग्रेसमा विवाद, चुनाव अनिश्चितकालका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
congress-flag2.jpg

सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसको विवाद थप पेचिलो बन्दै गएको छ । आज नेतृत्व चयनका लागि मतदान हुनु पर्नेमा हुन नसकेपछि अनिश्चितकालका लागि मतदान प्रक्रिया स्थगित भएको छ । 

नेतृत्वका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव मैदानमा छन् । तर हिजो साँझ आठ बुँदे सहमति गरेर आज मतदानको टुङ्गो लगाएको भए पनि अचानक आज आएर संस्थापन पक्षले आचारसंहिता नमान्ने जनाएसँगै मतदान स्थगित भएको हो । 

जिल्ला निर्वाचन अधिकृत अभिवक्ता नागेश्वर प्रसाद सिंहले निर्वाचन स्थगन भएको सम्बन्धमा केन्द्रीय निर्वाचन समिति काठमाडौं र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई वोधार्थ दिँदै आजका लागि तय भएको निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने अवस्था सिर्जना भएकाले हाललाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन कार्य सम्पन्न गर्न गराउनका लागि तोकिएको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको जानकारी गराएका छन् । 

विशेष कारण के थियो ? 
हिजो संस्थापन र इतर पक्षबीच आठ बुँदे सहमति भएको थियो । त्यो सहमतिअनुसार उमेर, बिमार वा अन्य परिस्थितिका कारण मत हाल्न आउन नसक्ने हकमा सहमतिमा परिवार वा आफन्तले मत हाल्न पाउने निर्णय गरिएको थियो । यसमा दुवै पक्ष राजी भए । सोही अनुसार आचारसंहिता बनाइयो । 

तर आज आएर संस्थापनले उक्त सहमति नमान्ने जनायो । उसले अहिले आएर संस्थापन र इतर पक्षका एक एक जनाले मत हाल्ने व्यवस्था हुनुपर्ने माग राख्यो । 

जुन अव्यवहारिक हुने भएसँगै मतदान प्रक्रिया नै स्थगित भएको बताइएको छ । 

सर्लाहीमा पटक पटक विवाद हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ