- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ।
अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ ।
आजको बैठकमा प्रचण्डले एमसीसीबारे पछि छलफल गर्ने बताएका थिए ।
अब स्थानीय तहको निर्वाचनपछि मात्रै त्यसको विश्लेषण लिएर बैठक बस्ने गरी केन्द्रीय समितिको बैठक सकिएको हो ।