arrow

यी हुन् नवलपुर कांग्रेसका निर्वाचित पदाधिकारीहरु (मत परिणामसहित)

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ फागुन २३ सोमबार
IMG_20220307_204355.jpg

नवलपुर । नेपाली कांग्रेस नवलपुरको आइतबार सम्पन्न जिल्ला कार्यसमितिको निर्वाचनको अन्तिम मत परिणाम आउन थालेको छ । सोमबार साँझ सम्पन्न मतगणना अनुसार जिल्ला उपसभापतिमा बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना विजयी भएका छ्न् । 

कुल खसेको मत १८ सय १८ मध्ये घिमिरेले ११ सय ४१ र रानाले ७ सय ४८ मत प्राप्त गरेका हुन् । त्यसैगरी उपसभापतिका अन्य प्रतिस्पर्धी उदय अधिकारीले ५९४ र पूर्ण सिंह रानाले ५८२ मत पाएका छ्न् ।

त्यस्तै दुई वटा सचिव पदमा ११ सय ४० मतका साथ होमराज रानाभाट र १ हजार १६ मतका साथ महेन्द्र पोख्रेल विजयी हुँदा प्रत्यासी करुणासागर सुवेदीले ६६९ र मित्र भट्टराईले २५३ मत पाएका छ्न् ।

२ वटा सहसचिव पदमा उदयराज अर्यालले १ हजार ९८ मत  र राजेश पौडेलले १ हजार ७४ मत पाएर निर्वाचित हुँदा बिन्दु काफ्लेले ७२४ मत मात्रै प्राप्त गरेका छ्न ।

आइतबार मध्यराति शुरु भएको मतगणनाबाट पदाधिकारी सहित केही सदस्य पदको अन्तिम मत परिणाम आए पनि भूगोल तथा विभिन्न समावेशी समूहबाट सदस्यमा निर्वाचित हुने सदस्य पदको मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारी सहित जिल्ला कार्यसमिति र महासमिति सदस्यहरुको निर्वाचन भए पनि जिल्ला सभापतिमा यस अघिनै महेन्द्रध्वज जीसी सर्वसम्मत भएका छ्न् ।

उनलाई सर्वसम्मत गराउन केन्द्रीय सदस्य एवं उद्यमी विनोद चौधरीले महत्वपूर्ण भूमिका खेलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ