arrow

रौतहट कांग्रेसको अधिवेशनमा ९७ प्रतिशत मत खस्यो, पालो नतिजाको

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७८ फागुन २३ सोमबार
275102511_324974519602878_2465878733269750918_n.jpg

रौतहट । रौतहटमा जारी रहेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतदान प्रक्रिया सकिएको छ । २५ सय ९१ मतदाता रहेकामा २५ सय १८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अधिवेशनमा कुल मतमध्ये ९७ प्रतिशत मत खसेको छ । 

राति ९ बजेदेखि मतगणना शुरु गर्ने भनिए पनि खाना खाएपछि राति १० बजेदेखि गणना गर्ने तयारी भएको निर्वाचन अधिकृत दिपकराज रेग्मीले जानकारी दिएका छ्न् ।

शनिबार विवाद भएपछि स्थगित भएको निर्वाचन प्रकृया सोमबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । जिल्ला सभापतिमा २ कार्यकाल जिल्ला सचिव रहेका  हृदयनारायण यादव र संविधानसभा सदस्य सुनिल यादवको प्यानलबीच प्रतिस्पर्धा भएको छ । 

हृदयनारायण यादव प्यानलबाट विनोद गुप्ता र महताब आलम उप सभापति, सुमन गौतम, रामचन्द्र गिरीले सचिव पदमा उमेदवारी दिएका छन् । 

यता सुनिल यादव  प्यानलबाट उपसभापतिमा धिरेन्द्रकुमार सिंह र रामलोचन कलवारबीच प्रतिस्पर्धा भएको छ । 

सचिव पदमा सुवास कोइराला र राजेशकुमार चौधरीको उमेदवारी दर्ता भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ