arrow

हार्ने डरले सर्लाही कांग्रेसमा सभापति र प्रदेश मन्त्रीले चुनाव स्थगित गराएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
nepali-congress-flag-tree00.jpg

सर्लाही । सर्लाही कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्यसमितिको पदाधिकारी सहित ९३ पदको सोमबार हुने भनिएको मतदान अन्तिम समयमा आएर स्थगित भएको हो ।

सर्लाहीको मलंगवा नगरपालिकास्थित पथित पब्लिक माविमा सोमबार अधिवेशन हुने भनिएको थियो । तर विवादका कारण समय घर्केपछि अधिवेशन स्थगित भएको हो । संस्थापन इतर पक्षका जिल्ला सभापति पदका उम्मेदवार लक्ष्मण रायले वर्तमान सभापति नागेन्द्र कुमार राय र मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह तथा मन्त्री सिंहकै दाजु संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार सुरेन्द्रप्रसाद सिंहले चुनाव हार्ने भएपछि अनावश्यक बखेडा झिकेर अधिवेशन स्थगित गराएको आरोप लगाए । 

इतर पक्षका उम्मेदवार रायले  एकातिर निर्वाचन सम्बन्धी आचार संहितामा आइतबार सहमति गर्ने तर हार्ने सुनिश्चित देखेपछि आचार संहिता विपरीत  कार्यहरु गरेर पैसाको बलले २ सय जना प्रतिनिधिहरुको प्रमाण पत्रहरु लिएर एक जनाले मत हाल्ने, मत पत्र संकेत गर्ने स्थानमा मोबाइल लैजान पाउने आदिको बखेडा झिकेको कारण सर्लाही अधिवेशन स्थगित भएको आरोप लगाए ।

वर्तमान सभापति राय, मन्त्री सिंह र मन्त्रीका दाजुले आइतबार आफ्नो नजिकको नातेदारले मतदान अधिकृतको रोहवरमा मत संकेत गर्ने, मोबाइल कुनै पक्षले लैजान नपाउने, निर्वाचन कार्यालयले तोकिएको निर्वाचन क्षेत्र भित्र पदाधिकारी उम्मेदवार र दुवै सभापतिको एक एक जना प्रतिनिधिमा मन्त्री बिरेन्द्र प्रसाद सिंह, कौशल किशोर राय लाई मात्र प्रवेश दिनेलगायत ८ बुँदे आचार संहिता बनाइएको थियो । तर चुनाव हार्ने सुनिश्चित भएपछि विवाद गरेर अधिवेशन स्थगित गराउने खेल भएको पूर्व सांसद तथा नेपाली कांग्रसका नेता हरेश महतोले बताए । 

यसैगरी नेपाली कांग्रेस क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेश सिंहका अनुसार इतर पक्षको संख्या देखेर संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र सिंह डराएर विवाद गरी अधिवेशन स्थगित गराएको आरोप लगाए । 

यो लडाइँ एउटा सज्जन र भोट किनिदिने पैसावाला ठेक्केदारसँग भएको उनको आरोप छ । सज्जन उम्मेदवार जित्ने भएपछि मन्त्री सिंह, वर्तमान सभापति र मन्त्रीका दाजुले अनावश्यक रुपमा बबाल गरी अधिवेशन स्थगित गराएको डा. सिंहले आरोप लगाए ।  

पैसाको बलमा संस्थापन पक्ष चुनाव जित्ने प्रयास गरेको हुदाँ त्यो प्रयास कहिले सम्भव नहुने डा सिंहको दाबी रहेको छ । इतर पक्षका कार्यकर्ताहरुले अधिवेशन स्थगित गराएको भन्दै वर्तमान सभापति नागेन्द्र रायविरुद्ध नाराबाजी गरेका थिए । 

सर्लाहीमा जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्रप्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका थिए। उपसभापतिमा संस्थापन पक्षबाट दुईजना शेख सदहदुल्ला र डा।सरोज कुमार (राजु) को उम्मेद्वारी परेको छ भने संस्थापन इतरबाट नविन अधिकारी र रविनन्दन चौधरी (पप्पु) को उम्मेद्वारी परेको छ । 

त्यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन इतरबाट नरेन्द्र भट्टराई र कृष्णराज रायमाझीको उम्मेद्वारी परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ