arrow

धनुषा कांग्रेसको अधिवेशनमा २९ सय १३ मत खस्यो, राति मतगणना

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २३ सोमबार
275058178_482411333553017_6157937119829091832_n.jpg

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनमा २ हजार ९ सय १३  मत खसेको छ । कुल ३ हजार ५० मतदाता रहेकामा १३७ मत खसेन । 

सोमबार राति सम्पन्न निर्वाचनको मतगणना राति नै १० बजेपछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ । जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान साढे ११ बजेदेखि शुरू भएको मतदानमा २ हजार ९ सय १३  जनाले मत खसालेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले  बताए ।

निर्वाचन क्षेत्र नं १ मा जम्मा मतदाता संख्या ८०१ मा ७ सय ५४ मत, निर्वाचन क्षेत्र नं २ मा ८३० मा ८ सय, निर्वाचन क्षेत्र नं ३  मा ७१० मा  ६६८ र निर्वाचन क्षेत्र नं ४ मा  ७०९ मा  ६९१ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । 

काग्रेस धनुषा सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र संतोष यादवबीच प्रतिस्पर्धा छ । 

उपसभापतिका लागि गणेशप्रसाद जयसवाल, हरिशंकर साह, रामसोभित दाहा (धानुक), सुरेन्द्रप्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादव मैदानमा छन् ।

यसैगरी सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवलकिशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्ण नतिजाको पर्खाइमा छन् । 

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायतले उम्मेदवारी दिएका छन् ।

धनुषामा ९१ पदका लागि २ सय ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनमा सभापतिमा ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो चरणमा निर्वाचन हुने निर्वाचन समितिले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ