arrow

कांग्रेस रौतहट सभापतिमा सुनिल यादव विजयी

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७८ फागुन २४ मंगलबार
sunil-yadav-rautahat-congress-president.jpg

रौटहट । रौतहटको नेपाली कांग्रेस जिल्ला सभापतिमा संस्थापन पक्षका सुनिल यादव (जीतेन्द्र) विजयी भएका छन् । उनी १३ सय ६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन इतरका हृदयनारायण यादवले १ हजार ६४ मत ल्याएका छ्न् ।

त्यस्तै उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिंह र रामलोचन प्रसाद कल्वार विजयी भएका छ्न् । उनीहरुले क्रमशः १२ सय ८७ र १३ सय ८३ मत ल्याएर विजयी भएका हुन् । 

त्यस्तै सचिवमा संस्थापनका राजेशकुमार गिरीले १३ सय ९ मत ल्याएर विजयी भए भने संस्थापन इतरका रामचन्द्र गिरीले ११ सय ४२ मत ल्याएर विजयी भए । 

उपसचिव पदमा मोहमद फिरोज आलमले १३ सय ८३ र सिकेन्द्रप्रसाद पटेलले १२ सय ४१ मत ल्याएर विजयी भएका छ्न् । उनीहरु दुवै संस्थापन पक्षका हुन् । 

बाँकी सदस्यहरुको मतगणना दिउँसो २ बजेपछि हुने निर्वाचन समितिले जनाएको छ । कुल मत २५ सय ९१ मध्ये २५ सय १८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ