arrow

महिला दिवस : सांग्रिला बुक्स र बुद्ध एयरले २५०० यात्रुलाई दियो पुस्तक उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
Suraksha Thapa.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय (श्रमिक) महिला दिवसका अवसरमा सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा काठमाडौँबाट बुद्ध एयरबाट यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार दिइएको छ । 

सांग्रिला बुक्सले प्रकाशन गरेका विभिन्न १३ महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तक दुई हजार पाँच सय जना यात्रुलाई निःशुल्क वितरण गरिएको हो । 

बुद्ध एयरको यो नयाँ किसिमको पहलमध्ये पहिलो पुस्तक धनगढी हिँडेकी कृष्णा ओझाले पाएकी थिइन् । 

बुद्ध एयरसँगको यस सहकार्यबाट नारी स्रष्टाका कृतिहरूले व्यापकता पाउने र पठन संस्कृतिलाई पनि सघाउ पुग्ने विश्वास सांग्रिला बुक्सले लिएको छ । 

यात्रुहरूले पुस्तक पाउँदा खुसी लागेको बताउँदै यस्तो प्रयासले नेपाली साहित्यमा टेवा पुग्ने प्रतिक्रिया दिएका छन् । नेपालमा यसअघि कहिल्यै यस्तो नदेखेको बताउँदै यात्रुहरूले पुस्तक अविस्मरणीय उपहार भएको भन्दै खुसी व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ