arrow

मनको विकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
buddha-squral-story.JPG

वृद्ध भिक्षु र एक जवान भिक्षु दुबै नदीको किनारबाट गइरहेका थिए । तब उनीहरूले एउटी युवतीलाई नदीमा डुब्दै गरेको बचाउनको लागि कराउँदै गरेको देखे। 

जवान भिक्षुले तुरुन्तै नदीमा हाम फाले र युवतीलाई नदीबाट बाहिर निकाले। यसरी उनले बालिकालाई बचाए । 

यो देखेर वृद्ध भिक्षु रिसाए । उनले भने 'तिमिले ती महिलालाई छोयौ! अब म बुद्धलाई भन्छु र म तिमीलाई दण्ड- प्रायश्चित दिलाउनेछु ।' 

दुवै जना बुद्धको अगाडि पुगे। वृद्ध भिक्षुले भने, 'भन्ते ! उसलाई सजाय हुनुपर्छ ।' बुद्धले सोध्नुभयो 'किन?'

बूढो भिक्षुले भने,' उनले युवतिलाई नदीबाट बाहिर ल्याए, उनले युवतीलाई छोए, यी ब्रह्मचारी होइनन्। त्यसैले प्रायश्चित गर्नुपर्छ।' बुद्धले भन्नुभयो, ‘पहिले प्रायश्चित तिमि गर । 'म के प्रायश्चित गरूँ?' उनले अचम्म मान्दै सोधे ।

बुद्धले भन्नुभयो, 'यिनले ती युवतिलाई उठाएर त्यहाँ राखे, तर तिमीले उनलाई आफ्नो मानसपटलमा उठाएर यहाँसम्म ल्याएर आयौ, तिम्रो मनमा यो कुरा अझै छ, तिमी यति लामो समयसम्म उसलाई बोकेर बसेका छौ, उसले त्यहीँ राखेर बिर्सी पनि सक्यो। परिणामको निर्मलताका लागि 'मनलाई सधैँ स्वस्थ राख्नु, अरूको बारेमा बदनाम नगर्नु, इन्द्रियमाथि विजय प्राप्त गर्नु, राम्रो सङ्गतमा रहनु, प्रार्थना गर्नु यी चार उपाय अपनाउ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ