arrow

धनुषा कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २५ बुधबार
dhanusha-congress-president-candidate-2078.jpg

जनकपुर । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि दोस्रो चरणको मतदान हुने भएको छ । तीन जना उम्मेदवार रहेकामा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणबाट टुङ्गो लाग्ने भएको हो ।  

जिल्ला अधिवेशनको गत सोमबार सम्पन्न चुनावमा मतगणनापछि कसैले पनि बहुमत ल्याउन सकेनन् । जसमा योगेन्द्र पजियारले सर्वाधिक १२ सय ४८ मत ल्याए । दोस्रो स्थानका सन्तोषकुमार यादवले ८८३ तथा तेस्रो स्थानका दिनेशप्रसाद यादव प्रसैलाले ६३० मत ल्याए । 

धनुषामा ३ हजार ५० डेलिकेड मतदाता रहेकाका २ हजार ९ सय १२ मत खसेको थियो । १५१ मत बदर भएको थियो ।  

अब दोस्रो चरणमा पजियार र सन्तोषकुमार यादवबीच भिडन्त हुनेछ । प्रसैला बाहिरिएका छन् । 

प्रसैलाको समर्थन जसलाई हुन्छ उही उम्मेदवारले चुनाव जित्ने निश्चित जस्तै छ । 

धनुषाको गत सोमबार राति मतदान सम्पन्न भएको थियो । मंगलबार दिउँसो सवा २ बजेदेखि मात्र मतगणना शुरु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ