arrow

धनुषा कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन बिहीबार, प्रसैलाको साथ कसलाई ? 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २५ बुधबार
pajiyar-yadav-dhanusha.jpg

जनकपुर । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ । मतदान बिहीबार बिहान ८ बजेदेखि तिरहुतियागाछीमा हुने निर्वाचन समितिले जानकारी दिएको छ । 

पहिलो चरणको मतदानमा तीन जना उम्मेदवार रहेकामा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणबाट टुङ्गो लाग्ने भएको हो । जिल्ला अधिवेशनको गत सोमबार सम्पन्न चुनावमा मतगणनापछि कसैले पनि बहुमत ल्याउन सकेनन् । 

जसमा योगेन्द्र पजियारले सर्वाधिक १२ सय ४८ मत ल्याए । दोस्रो स्थानका सन्तोषकुमार यादवले ८८३ तथा तेस्रो स्थानका दिनेशप्रसाद यादव प्रसैलाले ६३० मत ल्याए । 

धनुषामा ३ हजार ५० डेलिकेड मतदाता रहेकामा पहिलो चरणमा २ हजार ९ सय १२ मत खसेको थियो । १५१ मत बदर भएको थियो ।  

अब दोस्रो चरणमा पजियार र सन्तोषकुमार यादवबीच भिडन्त हुनेछ । प्रसैला बाहिरिएका छन् । पजियार विमलेन्द्र निधी पक्षका हुन् । यादव संस्थापन शेरबहादुर देउवा पक्षका हुन् । त्यस्तै प्रसैला डा. शेखर कोइराला पक्षका हुन् । 

प्रसैलाको समर्थन जसलाई हुन्छ उही उम्मेदवारले चुनाव जित्ने निश्चित जस्तै छ । यसैबीच प्रसैलाले भने अझै निर्णय नगरेको बताएका छन् । 

उनले छलफल गरेरमात्र निर्णय लिने बताएका छन् । अहिले टुङ्गो नलागिसकेको भन्दै छलफलपछि टुङ्गो लगाएर पत्रकार सम्मेलन नै गरी निर्णय सार्वजनिक गर्ने जानकारी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ