arrow

धरानका रोजन हत्या आरोपी अशोक बहराइनबाट पक्राउ, पोखरा ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
pakrau9.jpg

पोखरा । धरानका २० वर्षीय रोजन राईको हत्या आरोपमा पोखराका अशोक गुरूङ पक्राउ परेका छन् । १५ वर्षअघि पोखरामा मजदूरी गर्दै आएका राईको हत्या आरोपमा पोखरा ३२ सातमुहानेका ४६ वर्षीय गुरूङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले बहराइनबाट पक्राउ गरेर नेपाल ल्याएको हो । 

प्रहरीका अनुसार २०६३ बैशाख २९ गते बेलुकी अशोक र रोजनबीच झगडा भएको थियो । सोही क्रममा अशोकले चिर्पटले रोजनको टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका रोजनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो ।

घटनापश्चात अशोक वैदेशिक रोजगारीको शिलसिलामा बहराईन पुगेका थिए । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालमार्फत् बहराइन प्रहरीसमक्ष गरेको अनुरोधको आधारमा त्यहाँको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेको बताइएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको थियो । थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको छ । कास्की प्रहरीले बुधबार उनलाई सार्वजनिक गरेर कार्वाही प्रक्रिया अघि बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ