arrow

विवादपछि रोकिएको सर्लाही अधिवेशन फागुन २८ गते तोकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
sarlahi-.JPG

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन अन्तर्गत फागुन २८ गते शनिवार निर्वाचनको मिति तोकिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले आज सूचना निकालेर २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी गराएका हुन् । 

सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदान स्थल तोकिएको छ । यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले मतदान नै स्थगित भएको थियो । 

इच्छ्याएको व्यक्तिले मत खसाल्ने, मतपत्रमा उम्मेदवारको नाम अगाडि राख्ने लगायतका विषयमा विवाद भएको थियो । उक्त विवादमध्ये अब भने अल्फाबेट अनुसार जसको नाम अगाडि आउँछ, मतपत्रमा उसैको नाम अगाडि राखेर फेरि मतपत्र छापिने निर्वाचन अधिकृत सिंहले बताए ।

 उनका अनुसार अब गुट अनुसार उम्मेदवारहरूको नाम सुरुदेखि अन्तिमसम्म लस्करै नहुने पनि भएको छ । अ, आ, इ, ई तथा क, ख, ग, घ अनुसार क्रमशः जसको नाम अल्फावेट अनुसार अगाडि हुन्छ, उही उम्मेदवारको नाम मतपत्रमा अगाडि हुने भएकाले मतदाताहरूले आफूले रुचाएको मतदाताको नाम पढेर मत खसाल्नु पर्ने भएको छ । 

विवादको अन्य विषय इच्छ्याएको व्यक्तिले मत खसाल्ने लगायतका सम्बन्धमा पार्टीको विधान अनुसार हुने निर्वाचन अधिकृत सिंहले बताउनुभएको छ । उनले शनिवारसम्ममा नयाँ मतपत्र छाप्ने लगायतको तयारीको काम पूरा गरिने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ