arrow

नेपाली क्रिकेट टिम श्रीलंका–११ विरुद्ध बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
nepal-cricket-srilanka-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेलिरहेको छ । श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालले आजको खेलमा शुरुआती चरणमा फितलो बलिङ गरेको छ । यसअघिका तीन वटा अभ्यास खेलमा जित हात पार्दा बलिङ हावी रहेको थियो । पहिलो र दोस्रो खेलमा बलिङ हावी रहे पनि तेस्रो खेलमा दुवै चलेको थियो । 

तर यो अन्तिम खेलमा भने नेपालले कमजोर बलिङ गरेको छ । श्रीलंकाले १० ओभरमै विना कुनै विकेट गुमाएर ६१ रन बनाएको थियो ।  

अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा यूएई प्रस्थान गर्ने छ । नेपालले लिग–२ अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

यस्तो छ आजको नेपाली र श्रीलंकान टिम 

कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख

श्रीलंका कम्बाईन ११ 

कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो र दिलांका अवाभ्दत 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ