arrow

विद्यालयमा खानेपानी ट्यांकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
Lions water tanki.jpg

पोखरा । लायन्स क्लब अफ पोखरा पेनगुइनले स्याङ्जाको एक विद्यालयमा पानी ट्याङ्की उद्घाटन, ज्येष्ठ नागरिक सम्मान तथा स्टेशनरी वितरण गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ५ रंगेठाँटीस्थित प्रद्युम्न पनेरु माध्यमिक विद्यालयमा निर्माण भएको पानी ट्याङ्की डिष्ट्रिक्ट गर्भनर विश्वेश्वर आचार्यले शुभारम्भ गरे ।

गर्भनर अचार्यले पेनगुईन लायन्सले गरेको यो कार्य सह्रानीय भएको बताए । उनले शिक्षाका लागि स्याङ्जाले देशमा ठूलो योगदान दिएको भन्दै प्रद्युम्न पनेरु माविले पनि दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

क्लवका अध्यक्ष ज्ञानबहादुर रानाले आफ्नै गाउँमा थप लगानीसहित कार्य सम्पन्न गर्नु नै गाउँप्रतिको माया भएको बताए । उनले आफ्नो बाबुको सपना पूरा गर्न क्लवको अध्यक्षको हैसियतमा पूरा भएको बताए । विद्यालयको समग्र व्यवस्थापन र शैक्षिक उन्नतिको लागि विद्यालय, गाउँपालिकादेखि वडासम्मले चासो दिनुपर्नेमा उनले जोड दिए । 

आधीँखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले खानेपानी ट्यांकी निर्माण तथा स्टेशनरी र ज्येष्ठ नागरिक सम्मान कार्यक्रमले विद्यालय र वरपरका बासिन्दामा खुशी छाएको बताए । 

कार्यक्रममा लायन्स क्लवल अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ का कोषाध्यक्ष पृथ्वीराज तिमिल्सिना, लायन्स फाउण्डेशन चिफ एकनारायण शर्मा, डिष्ट्रिक्ट एडभाइजर शंकर ज्ञवाली, क्लष्टर ३ रिजन ५ का चियर पर्सन डाँसीराम सापकोटा, विद्यालयका प्रधानाध्यापक दीप्ती नारायण शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण देवकोटा लगायतले बोलेका थिए । 

पानी ट्यांकी निर्माणका लागि नेपाल लायन्स फाउण्डेशनको ५० हजार र अन्य निर्माण खर्च लायन्स क्लव अफ पोखरा पेनगुइनका अध्यक्ष ज्ञानबहादुर रानाको परिवारले खर्च गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लव पेनगुईनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्टेशनरी तथा खेलकुदका सामाग्रीहरु वितरणका साथै ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको थियो । साथै खानेपानी ट्यांकी निर्माणमा आर्थिक सहयोग गर्ने ज्ञानबहादुर रानाकी आमा सावित्रा रानालाई पनिसम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष रानाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शिव पौडेलले सञ्चालन र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष दीपक भण्डारीले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ