arrow

माछापुच्छ्रे बैङ्कद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
mbl-udayapur-health.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा फागुन २८ गते शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योग लि.का महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको उस्थितीमा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाले उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

बैङ्कले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाई ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो।

माछापुच्छ्रे बैङ्कले विशुद्ध बैङ्किङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न सङ्घ सस्ताहरूलाई सहयोग गर्दै आएको छ। त्यस्तै बैङ्कले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको बैङ्कले जनाएको छ।

बैङ्कले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्‍याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैङ्किङ सेवा, २०१ एटिएम मार्फत १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ