arrow

विकिपिडियाका एक प्रमुख सम्पादक बेलारुसमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
wikipedia.PNG

काठमाडौं । बेलारुसको संगठित अपराध र भ्रष्टाचार विरुद्धको मुख्य निर्देशनालय (GUBOPiK) ले प्रख्यात विकिपिडिया सम्पादक मार्क बर्नस्टेनलाई हिरासतमा लिएको छ ।

बेलारूसी प्रकाशन जेरकालोबम अनुसार बर्नस्टेनको व्यक्तिगत जानकारी (GUBOPiK) को सार्वजनिक टेलिग्राम च्यानलमा सेयर भएपछि उनलाई गिरफ्ता गरिएको हो ।

बर्नस्टेन रुसी विकिपिडियाका प्रमुख ५० सम्पादकहरू मध्येका एक हुन्। उनलाई रुस विरोधी लेख लेखेको भन्दै गिरफ्तार गरिएको बताइएको छ । यद्यपि उनले ठ्याक्कै के गल्ती गरे भनेर भनिएको छैन ।

युक्रेनमा रूसको आक्रमणको बारेमा विकिपिडिया लेख सम्पादनको आरोप पनि बर्नस्टेनमाथि लागेको छ ।

बर्नस्टाइनको कथित विकिमीडिया प्रयोगकर्ता नामको गतिविधि लगमा, उनले रुसी विकिपिडिया लेखहरूमा २००,००० भन्दा बढी सम्पादनहरू गरेका छन् ।

टेलिग्रामको रूसी विकिपीडिया च्यानलमा, बेलारुस र रुसका प्रयोगकर्ताहरूलाई व्यक्तिगत डाटा लुकाउन र अन्य खाताहरूबाट मात्र युद्धको बारेमा लेखहरू सम्पादन गर्न सल्लाह दिइएको छ ।

बेलारुसले युक्रेनमाथि रुसको आक्रमणलाई समर्थन गर्दै आएको छ । उसले आफ्नो सेनासमेत युक्रेनमा आक्रमण गर्न पठाउन सक्ने कुराहरुसमेत बाहिरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ