arrow

शिवपञ्चायन मन्दिरको शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
Tanahu-hamrakura.jpg.jpeg

दमौली । तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त मन्दिरको शनिवार शिलान्यास गरे । सो अवसरमा उनले गण्डकी प्रदेश धार्मिक हिसाबले निकै महत्त्वपूर्ण प्रदेश रहेको चर्चा गरे । प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउने सकिने भएकाले त्यसतर्फ सरकारको जोड रहेको उनले बताए ।

प्रदेशभित्र धेरै धार्मिक सम्भावना बोकेका ठाउँ भएकाले त्यसको विकासका लागि सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे । “धर्मलाई पर्यटनसँग जोडेर अगाडि लैजान सकिए प्रदेशलाई समृद्ध बनाउन सकिन्छ, त्यसतर्फ सरकार लागिपरेको छ”, उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वेद व्यासको जन्मभूमि दमौली र आसपासका क्षेत्रलाई धार्मिक पर्यटनको माध्यमबाट विकास गर्न सकिने धारणा व्यक्त गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ