- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुमा जारी हात्तीपाइले विरुद्धको महाभियनामा ढुक्कसँग औषधी सेवन गर्न कांग्रेस कपिलवस्तुले अपिल गरेको छ । पार्टीका जिल्ला अध्यक्ष अब्दुल कलामले हात्तीपाइले रोग विरुद्ध औषधी सेवन गर्न अपिल जारी गर्दै यो रोगलाई निवारण गर्न एक मात्र विकल्प औषधी सेवन रहेको बताएका छन् ।
विगत १३ वर्ष देखि अभियान सञ्चालन गरिए पनि नागरिकहरूले इमानदारीपूर्वक औषधी सेवन नगर्दा जिल्लामा यो प्रमुख जन स्वास्थ्य समस्याका रूपमा देखा परेको उनले बताए ।
‘ यो रोग अझै कपिलवस्तुमा रही रहे जिल्लाको प्रतिष्ठासँग जोडिएकाले इमानदारी पूर्वक औषधी सेवन गर्नु पर्छ ’ उनले भने । उनले हात्तीपाइले विरुद्धको ओषधी लुतो जुम्रा जुका, मलेरिया रोगलाई निको पार्ने समेत स्वास्थ्यकर्मीले बताएकाले औषधी सेवन गरी जिल्लाबाट हात्तीपाइलेलाई चाडै निवारण गर्न उनले आग्रह समेत गरे ।
जिल्लामा १४ चरणको महाअभियान फागुन २८ देखि जारी छ । २ वर्षमाथिलाई उचाइका आधारमा ३ प्रकारका औषधी खुवाइने गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय अनुसार जिल्लामा २ बर्समाथिका ६ लाख २० हजार ४९१ जनालाई औषधी खुवाइने अनुमान गरिएको छ ।