arrow

नेपाल र पीएनजी भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
team-nepal-cricket-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा खेल सवा ११ बजे शुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद शुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । 

शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार बेहोरेको छ । 

लिग(२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ