arrow

ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स भुक्तानी ईसेवा वालेटका एजेण्ट नेटवर्कबाट पनि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
275715541_490026302662404_6910110305127521411_n.jpg

काठमाडौं । ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट) बाटसमेत प्राप्त गर्न सकिने भएको छ । 

ईसेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिीक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्राउँदै आएको छ भने ईसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ । 

यी दुई कम्पनी एफवान सफ्न इन्टरनेशनलका अन्तरगरका भगनी संस्था हुन् । योसँगै अब विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत आएको रेमिट्यान्स, ईसेवा मनि ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्रसँगै अब ईसेवा वालेटका देशभर रहेका १ लाख ३० हजार भन्दा बढी जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फतसमेत पाइने ईसेवाले जनाएको छ । 

त्यस्तै ईसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनि ट्रान्सफरमार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्नसमेत सकिने भएको छ ।

यसका साथै ईसेवाका ५० लाख बढी प्रयोगकर्ताले ईसेवा वालेटबाट ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरी देशभर आन्तरिक रेमिट्यान्स पठाउन सकिने र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनससमेत प्राप्त गर्न सकिने ईसेवाले जनाएको छ ।

सन् २००९ मा स्थापना भएको ईसेवा प्रालि. नेपालको मात्र नभएर दक्षिण एसियाकै पहिलो डिजिटल वालेट हो । 

नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस प्रोभाइडरको लाइसन्स प्राप्त इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५१ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बंैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १० हजार भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवा वालेटका १ लाख ३० हजार भन्दा बढी एजेण्ट–क्यास प्वाइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेका छन् । 



नयाँ