arrow

त्रिकोणात्मक क्रिकेटमा नेपाल यूएईसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
cricket-nepal-2022-2222.jpg
तस्बिर– फाइल

काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ ।

सारजाहमा हुने खेल बिहान सवा ११ बजे शुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

यूएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने सामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले समान २ पटक जित हात पारेका छन् ।

लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर  छैटौं स्थानमा  छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ