arrow

इमरान खानको कुर्सी जाने पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
imran-khan-PM.jpg
तस्बिर– फाइल

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कुर्सी ढल्ने निश्चित जस्तै भएको छ । उनी केही दिनका प्रधानमन्त्री रहेको विश्लेषण गरिएको छ । 

यदि इमरानले आफ्ना भड्किएका सांसदलाई मनाउन सकेमा मात्र यो सरकार बच्न सक्नेछ । त्यसो गर्दा केही दिन टिक्न सक्ला अन्यथा यो तत्काल गिर्ने लगभग निश्चित छ । 

विपक्षी दलले ‘नो कन्फिडेन्स मोसन’ ल्याइसकेकाले २८ मार्चमा मतदान हुनेछ । पाकिस्तानी समाचार संस्थाहरुका अनुसार खानको तहरिक ए इन्साफका १८ देखि २० सांसदले उनको विरुद्धमा मत हाल्नेछन् । 

इमरानलाई सरकार जोगाउन १७२ सांसदको जरुरत पर्छ । अहिले १७९ सांसदको समर्थन छ । तर २० सांसदले छाड्ने भएपछि उनको सरकार स्वतः ढल्नेछ । अर्कातिर विपक्षीले २०० सांसदको समर्थन रहेको दाबी गरेको छ । 

‘द डन’ का अनुसार सहयोगी दलका ७ सांसदले यो सरकारलाई समर्थन गरेका छन् । आफ्नै दलका सांसदले छाडे भने इमरानसँग मात्र १६० सांसद हुनेछन् । 

अहिले खानले सांसदहरुलाई लोभ देखाइरहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ