arrow

चुनावमा धाँधली भएको भन्दै इमरानको पार्टी देशब्यापी प्रदर्शनमा, नवाजका बाबुछोरीविरुद्ध उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
pti-pakistan-election-2024.jpg

इस्लामबाद । पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । केही ठाउँमा अझै परिणाम नआएपछि इमरान खान नेतृत्वको तहरिक–ए–इन्साफ (पीटीआई) ले आज प्रदर्शन गरेको छ । सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको हो ।

पीटीआई नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

‘‘इमराने खान साहबको निर्देशन अनुसार नतिजा रोकिएका र ढिलाइ भएका क्षेत्रहरू हामी तपाईसँग त्यो सूची साझा गर्नेछौँ र जानाजानी हाम्रो बहुमतलाई 
हारमा परिणत गर्न कोसिस गरिँदैछ, त्यसैले दबाब दिन जरूरी छ’ उनले भने,  ‘नतिजा घोषणा नभएका निर्वाचन क्षेत्रमा सम्बन्धित आरओ कार्यालयबाहिर आन्दोलन गर्ने छौँ ।’

गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई  कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन् ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले शनिबार मध्यरात सम्ममा पूर्ण परिणाम घोषणा गर्ने निर्वाचन आयोगलाई दबाब दिएको थियो ।

‘निर्वाचन आयोगले मध्यरातभित्र पूर्ण परिणाम घोषणा गरोस्, नत्र नतिजा नआएका क्षेत्रमा आन्दोलनको सामना गर्न तयार रहनुपर्छ’, सो पार्टीले हिजो भनेको थियो । यस क्रममा पीटीआईले केन्द्रका साथै पञ्जाब र खैबर(पख्तुनख्वा प्रान्तमा पनि सरकार बनाउने बताएको छ।

खान नेतृत्वको पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा विजय हासिल गरी पहिलो स्थानमा रहेको छ भने नवाज शरिफको नेतृत्वको पीएमएल–एन ७१ सिटसहित दोस्रो स्थानमा रहेका छन । पीपीपी ५४ र जेएलफ ५ र अन्य स्वतन्त्रले ३३ स्थानमा विजय हासिल गरेका छन् ।

नवाज शरिफ र छोरीको जितविरुद्ध इमरान खानको पार्टी उच्च अदालतमा
इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ ‍(पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरिफ र उनकी छोरी मरियमको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ ।

पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल एन नेताहरूको विजयलाई चुनौती दिँदैै सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाई विजेता घोषित गरेको आरोप लगाएका छन् । 

निर्वाचन आयोगले मतगणनाको क्रममा उचित प्रक्रिया नराखेको पीटीआईले जनाएको छ । चुनाव हारेका पीटीआई समर्थित उम्मेदवारहरूले दावी गरे कि पाकिस्तानको निर्वाचन आयोगले नवाज र मरियमलाई नक्कली नतिजाको आधारमा विजयी घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ