arrow

इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
imran-khan-pti-chairpersion.jpg

काठमाडौँ ।  इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रमतीको विवाहलाई इस्लामिक कानूनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ । 

सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सयभन्दा धेरै कानूनी मुद्दामा फसेका छन् । उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए । 

एकहत्तर वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानूनअनुसार बिबीको सम्बन्धविच्छेद भएलगत्तै विवाह भएको आरोपमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो । 

 एक न्यायाधीशले उनीहरूको सजाय निलम्बन गर्ने निवेदनलाई स्थगित गरे र जुलाई १२ मा फैसला सुनाउने बताए । 

सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका खानलाई गत वर्ष अगस्टमा हिरासतमा राखिएको थियो र पदमा उम्मेदवार हुनबाट वञ्चित गरिएको थियो । 

यद्यपि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनकी श्रीमतीलाई अप्रिलमा पाकिस्तान उच्च अदालतले भ्रष्टाचारको आरोपमा १४ वर्षको कारागार सजायलाई निलम्बन गरेको थियो । 

खानलाई देशद्रोहको आरोपमा दिइएको १० वर्षको सजाय यसै महिना उल्टिएको थियो तर उनी अवैध विवाहको आरोपमा राजधानी इस्लामाबादको दक्षिणी भागमा रहेको आदियाला कारागारमा छन्। 

पाकिस्तानको फेब्रुअरी ८ को निर्वाचनका बेला तीन वटा सजाय भोग्नुअघि उनलाई रिहा गर्न अनुमति दिइएको थियो । 

प्रधानमन्त्री शहबाज शरिफका सल्लाहकार राणा सनाउल्लाहले यसै साता भने, “सरकारले उनलाई यथासम्भव लामो समयसम्म बन्दी राख्ने प्रयास गर्नेछ ।”

विश्लेषकहरूका अनुसार दशकौँसम्म प्रत्यक्ष शासन गरेको र अहिले पनि अपार शक्तिको प्रयोग गरेको पाकिस्तानको सेना सम्भवतः यो मामिलाको पछाडि छ । 

कुनै बेला आफूलाई समर्थन गर्ने शीर्ष जनरलहरूसँगको अनबनपछि खानलाई संसदीय अविश्वासको मतले प्रधानमन्त्रीबाट बर्खास्त गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ