arrow

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
Krishnachandra nepali.jpg

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।

शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र शिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए ।

ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे । 

संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गरे । 

सरकारले वन ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए । ढोरपाटन शिकार आरक्ष कार्यालयमा उक्त आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी लिएका थिए। 

मुख्यमन्त्रीसहितको टोलीलाई ढोरपाटन शिकार आरक्ष कार्यालयकातर्फबाट प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी गराएका थिए । 

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्थानीय समृद्धि र विकासका लागि एकताबद्ध भएर जानु सकारात्मक भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ