arrow

मुस्किलमा भारत, सेमिफाइनल यात्रा कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
india-australia-women-worldcup-cricket.jpg

काठमाडौं । महिला विश्वकप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा पुग्ने भारतको यात्रा कठिन बनेको छ । शनिबार न्यूजिल्याण्डको अकल्याण्डमा भएको पाँचौं खेलमा अष्ट्रेलियासँग ६ विकेटले पराजित भएसँगै भारतको सेमिफाइनल यात्रा कठिन बनेको हो । 

भारतले २७८ रनको चुनौती दिएकामा अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छँदै जित निकाल्यो । मेग लानिङले १०७ बलमा ९७ रन जोडिन् । उनी नै प्लेयर अफ द म्याच भइन् । 

त्यस्तै एलिस्सा हेलीले ६५ बलमा ७२ रन जोडिन् । पूजा भस्त्राकरले २ तथा मेघना सिंह र स्नेह रानाले १–१ विकेट लिइन् । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले कप्तान मिथाली राजको ६८ रनको मद्धतले ७ विकेटको क्षतिमा २७७ रन बनाएको थियो , यासिका भाटियाले ५९ तथा हरमन प्रित कौरले ४७ बलमा अविजित रहँदै ५७ रन बनाइन् । 

अंक तालिका
यो खेलपछि ५ खेलबाट अपराजित अष्ट्रेलियाले १० अंक जोडेको छ । एक खेल कम खेलेको दक्षिण अफ्रिका ८ अंकसहित दोस्रो स्थानमा छ । 

५ खेलबाट ६ अंकको वेष्ट इन्डिज तेस्रो तथा समान खेलबाट ४ अंकको भारत चौथो स्थानमा छ । 

आठ टिम सहभागी विश्वकपमा ५ खेलबाट ४ अंकको न्यूजिल्याण्ड पाँचौं, ४ खेलबाट २ अंकको इङ्गल्याण्ड छैटौं, ४ खेलबाट २ अंकको बंगलादेश सातौं तथा ४ खेलबाट अंकविहीन पाकिस्तान पुछारमा छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ