arrow

टिपरसँग मोटरसाइकल ठोक्कियो, एक किशोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
Accident-sign.jpg

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । 

वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे७प १७९९ नंको मोटरसाइल आज दिउँसो करिब १२ः०० बजेतिर टिपरको पछाडि ठोक्किएको थियो । 

मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेँसी नगरपालिका-५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

किशोरीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका-८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका-५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । 

उनका अनुसार घाइते दुवैको अवस्था सामान्य छ । टिपर चालक बाँसगढी नगरपालिका-५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ