arrow

डा. मतिप्रसाद ढकाल पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
Mati pd dhakal.jpg

पोखरा । नेपाली लेखक संघ कास्कीद्धारा स्थापित लेखक कृति पुरस्कार-२०७७ बाट महाभारतमा के छ ? कृतिका लेखक डा. मतिप्रसाद ढकाल पुरस्कृत भएका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा नवलपरासीका ढकाललाई संघले नगद २५ हजार, सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । 

गण्डकी प्रदेशमा गतसाल प्रकाशित कृतिहरु मध्येवाट सो कृति छनौट गरिएको हो । कृति छनौट समितिको संयोजकमा डा. ईश्वरमणि अधिकारी, सदस्यमा साहित्यकार  दीपक समीप, निवर्तमान उपाध्यक्ष रीता कँडेल, संस्थाका अध्यक्ष संञ्जीव पौडेल र सचिव कमल पौडेल अथक पदेन सदस्य रहेका थिए ।  

यस्तै, संघले पोखराका पुराना पत्रकार केशवराज पराजुलीलाई दोशल्ला ओढाएर ताम्रपत्रले सम्मान गरेको छ । 

कार्यक्रममा संस्थाका आजीवन सदस्य ईश्वरमणि अधिकारी र भूमीराज बस्ताकोटीलाई विद्यावारिधि गरेवापत दोशल्ला ओढाएर सम्मान गरेको छ । 

कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एव कवि तीर्थ श्रेष्ठले व्यक्तिको आनीवानी र उसको सिर्जनामा तालमेल मिलेमा मात्र उत्कृष्ट सिर्जना हुन सक्ने बताए । उनले पछिल्लो समयमा साहित्यिक दरिद्रता बढ्दै गएको बताउँदै यसले सिर्जनामा लाग्नेहरुमा निराशा पैदा गराएको वताए । 

संघका अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव डा. रत्नमणि नेपाल, पुरस्कार छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारी, पुरस्कृत व्यक्तित्व डा. मतिप्रसाद ढकाल, सम्मानित व्यक्तित्व केशवराज पराजुली, संघका निवर्तमान अध्यक्ष गणेश शर्मा, उपाध्यक्ष रीता अधिकारी र सचिव कमल पौडेल अथकले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ