arrow

दम्भ देखाउँदै प्रचण्डले भने –अरु सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
prachanda-2078-11-30.jpg
फाइल तस्वीर

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रप्रति जनमत बढ्दै गएको दाबी गरेका छन् । उनले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दिशातर्फ उन्मुख भएको बताए । 

आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढिसकेको स्पष्ट पारे । 

उनले अबको चुनाव कसैको बैशाखी टेकेर नभई आफ्नै बलमा हामी चुनाव लड्ने तयारी गरिरहेको बताए । देशभर माओवादीप्रति उभार देखिएको भन्दै उनले अरू पार्टी आफूहरूसित चुनावी तालमेल गर्न आउनुपर्ने धारणा राखे ।

‘अरु सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ । हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हो’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ