arrow

विशेष अदालतले लामासँग माग्यो एक करोड रुपैँया धरौटी

logo
हाम्रा कुरा
प्रकाशित २०७३ साउन २६ बुधबार
lyarkyar-lama.jpg.jpeg
काठमाडौँ । गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा निलम्बित सांसद ल्हारक्याल लामासँग विशेष अदालतले रु एक करोड धरौटी माग गरेको छ । 
 
विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजलाशले आज लामासँग सो रकम धरौटी माग गरेको हो । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दायर गरेको मुद्दामा सुनुवाई हुँदा निलम्बित सांसद लामालाई सो रकम धरौटी माग गरिएको हो । 
 
आयोगले लामाले गैरकानुनी रुपमा रु नौ करोड २४ लाख बराबर सम्पत्ति आर्जन गरेको उल्लेख गरी गत वैशाख ३० गते मुद्दा दायर गरेको थियो ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ