- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ ।
दुबईमा खेल सवा ११ बजे शुरु हुँदैछ । यसअघि भएका खेलमा नेपाल यूएईसँग पराजित भएको थियो भने पपुवा न्यूगिनी (पीएनजी) लाई हराउन सफल भएको थियो । यूएईले पीएनजीसँग हार बेहोरेसँगै मनोबल गिरेको छ । यसको फाइदा उठाउन नेपालले सक्नु पर्नेछ ।
आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।
यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।
नेपाल र यूएईबीच हालसम्म पाँच खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई ३ खेलमा विजयी भएको छ ।
प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।