arrow

यूएईविरुद्ध नेपाल फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
FOVv2ARVEAAcUQN.jpg

काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको तेस्रो खेलमा नेपालले अहिले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेलिरहेको छ । 

दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । यसअघि भएका खेलमा नेपाल यूएईसँग पराजित भएको थियो भने पपुवा न्यूगिनी ९पीएनजी० लाई हराउन सफल भएको थियो । यूएईले पीएनजीसँग हार बेहोरेसँगै मनोबल गिरेको छ । यसको फाइदा उठाउन नेपालले सक्नु पर्नेछ । 

आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । 

नेपाल र यूएईबीच हालसम्म पाँच खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई ३ खेलमा विजयी भएको छ । 

प्रतियोगितामा नेपाल १० खेलमा ५  जित र ५  हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९  जित र ६  हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ