arrow

ओपनरद्धय गएसँगै यूएई सुस्तायो, सन्दीप र करणलाई सफलता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
cricket-nepal-uae-2078-12-07.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले अहिले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेलिरहेको छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

ओपनरद्धय आउट भएसँगै यूएई सुस्ताएको छ । पहिलो विकेटको लागि ५७ रनको साझेदारी गर्ने क्रममा मोहम्मद वासिम ३३ तथा चिराग सुरी २६ रनमा आउट भएसँगै यूएई सुस्ताएको हो । कप्तान सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिएका छन् । 

यूएईले २२ ओभर खेल्दा २ विकेट गुमाएर ७२ रन जोडेको छ । 

७३ रन बनाउँदा २२ ओभर १ बलमा यूएईले अर्को विकेट गुमाएको छ । दिपेन्द्र सिंह ऐरीलाई सफलता मिलेको छ । 

यसअघि भएका खेलमा नेपाल यूएईसँग पराजित भएको थियो भने पपुवा न्यूगिनी ९पीएनजी० लाई हराउन सफल भएको थियो । यूएईले पीएनजीसँग हार बेहोरेसँगै मनोबल गिरेको छ । यसको फाइदा उठाउन नेपालले सक्नु पर्नेछ । 

आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । 

नेपाल र यूएईबीच हालसम्म पाँच खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई ३ खेलमा विजयी भएको छ । 

प्रतियोगितामा नेपाल १० खेलमा ५  जित र ५  हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९  जित र ६  हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ