- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले अहिले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेलिरहेको छ । दुबईमा जारी खेलमा नेपालले २०३ रनको चुनौती पछ्याउँदै छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ९ विकेटको क्षतिमा २०२ रन बनायो । रोहन मुस्तफाले ७३ बलमा ६० रन बनाए भने ओपनरद्धयले राम्रो साझेदारी गरे । पहिलो विकेटको लागि ५७ रनको साझेदारी गर्ने क्रममा मोहम्मद वासिम ३३ तथा चिराग सुरी २६ रनमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सोमपाल कामी र करण केसीले सामा २–२ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।
यसअघि भएका खेलमा नेपाल यूएईसँग पराजित भएको थियो भने पपुवा न्यूगिनी ९पीएनजी० लाई हराउन सफल भएको थियो । यूएईले पीएनजीसँग हार बेहोरेसँगै मनोबल गिरेको छ । यसको फाइदा उठाउन नेपालले सक्नु पर्नेछ ।
आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।
यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।
नेपाल र यूएईबीच हालसम्म पाँच खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई ३ खेलमा विजयी भएको छ ।
प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।