arrow

हातहतियार बुझाउन प्रशासनको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
cdo office kaski hamrakura.jpg

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन भन्दै प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको हो । 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले सोमबार सूचना जारी गरी कास्की जिल्ला भित्र इजाजत प्राप्त गरि राखिएका हातहतियार बुझाउन आग्रह गरेका हुन् ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हातहतियारहरु नजिकको प्रहरी कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाउन आग्रह गरिएको छ । 

बुझाइएका हातहतियार निर्वाचन पश्चात् फिर्ता पाइने सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ