arrow

नेपालको शानदार प्रदर्शन, पीएनजीमाथि ७ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
nepal-cricket-2022-win.jpg
तस्बिर– फाइल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ७ विकेटले पराजित गरेको छ । 

यूएईको दुबई क्रिकेट रंगशालामा भएको खेलमा नेपालले एक सय ७४ रनको चुनौती ३७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो ।  

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । उनले १०२ बलमा अविजित रहँदै ५९ रन बनाएका हुन् । 

कुशल भुर्तेलले ६४ बलमा ५० रन बनाए । त्यस्तै रोहित पौडेलले ४८ बलमा अविजित रहँदै ४४ रन बनाए । 

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पीएनजीलाई १७३ रनमा रोक्न सफल भयो । पीएनजीले ८ विकेटको क्षतिमा १७३ रन बनायो । कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । 

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २–२ तथा करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिए । 

नेपालका लागि भीम सार्कीले डेब्यु गरेका छन् । तर उनले ब्याटिङ भने गर्न सकेनन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल बाहिरिएपछि उनको स्थान भीमले लिएका हुन् । 

नेपालले योसँगै पीएनजीविरुद्ध खेलेका सबै चार एकदिवसीय खेल जितेको छ । 

श्रृंखलामा नेपालले पीएनजीमाथि दुवै खेल जित्दा यूएईसँग दुवै खेल हारेको छ । त्यस्तै यूएईले तीन खेल जित्दा एक खेल पीएनजीले जित्यो । 

योसँगै लिग टुमा नेपाल १२ खेलमा ६ जित निकाल्दै १२ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । 

पीएनजीको १६ खेलमा २ अंक छ । शीर्ष स्थानको ओमानले ३६ अंक जोडेको छ । यूएई १८ खेलमा २२ अंकसहित दोस्रो स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ