arrow

जनप्रतिनिधिका सवारी साधन छन्, दमकल छैन

logo
रासस,
प्रकाशित २०७८ चैत ९ बुधबार
damkal.jpg
फाइल तस्वीर

लमजुङ । यहाँका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेँसीशहर नगरपालिकासँग मात्र दमकल छ । अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ ।

टाढा टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएका बेलामा कहिले दमकल ढिलो पुग्ने त, कहिले बेलैमा पुगेपनि दमकलबाट पानि निकाल्न समय लाग्ने गरेको पाइन्छ । 

बँेसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, “ठूलो आगोलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ । प्राय स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगेपनि भौगौलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन ।”  

आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मस्र्याङ्दी गाउँपालिकाका स्थानीय अजय तामाङले बताए । अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् । 

राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले भने, “यहाँ आगलागी भइहाले बेँसीशहरकै दमकल मगाउने गरेका छौँ ।’’ दमकलको आवश्यकता महसुस गरे पनि खरिद भने गरिनसकेको उनको भनाइ छ । यस क्षेत्रमा आगलागीको जोखिम कम भएको र आगोलागी भइहाले बँेसीशहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए । 

बेँसीशहर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए । उनले भने, “सबै स्थानीय तहमा दमकलको जरुरी रहेपनि विषेश गरी सहरीकण भएको नगरपालिकामा बढी दमकलको आवश्यकता रहेको छ ।’

जिल्लामा सानो आगोलागी हुँदा दमकल विनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षेती बढी हुने गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ