arrow

डा शेखर कोइराला पक्षको स्पष्ट लाइन, सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
shekhar-Koirala.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको डा. शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेर मात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको हो । 

पार्टीको विधान अनुसार चार तहको समिति रहेको भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिइनु पर्ने निष्कर्ष डा. कोइराला पक्षले निकालेको हो । सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए ।  

पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ  ।

स्थानीय तहमा केन्द्रबाट गठबन्धन गरेर जान सकिने सम्भावना नै नरहेको उक्त समूहको ठहर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ